औषधी आपुर्ति सम्बन्धमा सिलबन्दी बोलपत्रको लागि आव्हान ।
(दोर्सो पटक प्रकाशित मिति: २०७७/११/२५ )
यस संस्थाको आर्थिक वर्ष २०७७ /२०७८ को कार्यक्रम अनुसार महावै गाउँपालिकासँगको साझेदारीमा संचालन भैरहेको स्वास्थ सेवालाई निरन्तरता दिनका लागि आवश्यक औषधि पूर्तिका लागि सिलबन्दी बोलपत्रको माध्यमबाट गर्नुपर्ने भएकाले नेपाल सरकारबाट इजाजत प्राप्त गरी मूल्य अभिवृद्धि कर्मा दर्ता भएका निर्माण व्यवसाय सम्बन्धि फर्म /कम्पनीहरुबाट यो सूचना प्रकाशित भएको मितिले १२ दिनभित्रमा रितपूर्वकको (भ्याट बाहेक) सिलबन्दी बोलपत्र निम्न शर्त र निर्देशन सहित आह्वान गरिएको छ:-
१. बोलपत्र फारम, खरिद गर्नु पर्ने औषधिको नाम र मात्रा वेबसाइटमा उपलब्ध हुनेछ।
२. बुझाउने तरिका:-
दर भाउ पत्र प्रकाशित मितिले १२ दिन भित्र वा २०७७/१२ /०८ को साँझ ६ बजे सम्म ओदा फाउन्डेशनको कालिकोट महावै-२ स्थित कार्यालयमा वा सुर्खेत मा रहेको सम्पर्क कार्यालयमा बुझाउन सकिनेछ । सिलबन्दी पत्र बुझाउन सम्पर्क व्यक्ति र सम्पर्क नम्वर :-
महावै गाउँपालिका स्थित कार्यालय :- करण सिंह, ९७४१३६११११
सुर्खेतस्थित सम्पर्क कार्यलय :- रमित सिंह, ९८४२३९३३३९
प्रत्येक पानामा दस्ताखत गरी कम्पनी, फर्म वा सप्लायर्सको छाप लगाई बुझाउनुपर्नेछ।
जमानत बापत रु. १५०० (अक्षरेपी रु पन्ध्र सय मात्र) को दरले ओदा फाउन्डेसन नेपालको बैंक खाता (कृषि विकास बैंक खाता नं. ०७२१५०१५१९९१७०१७) कालिकोटको मान्मा स्थित शाखामा जम्मा गरी सोको सक्कली वैंक भौचर वा १ सय २० दिन सम्मको अवधि भएको बैँकको जमानत पत्र दरभाउ पत्रको साथ (पछि फिर्ता नहुने गरी) पेश गर्नु पर्ने छ । नगदलाई मान्यता दिइने छैन ।
साथै फर्म/कम्पनी रेजिस्त्रशन तथा आर्थिक वर्ष २०७६/२०७७ को आयकर चुक्ता प्रमाणपत्रको प्रतिलिपि सोही बोलपत्रसँग समावेश गर्नुपर्नेछ।
३. दर भाउ पत्र नेपाली फर्म, कम्पनी, व्यक्ति वा संस्थाले मात्र बुझाउन पाइने छ। औषधिहरु स्वास्थ्य मन्त्रालयको नेपाल सरकारको मापदण्ड अनुसारको गुणस्तर भएको हुनुपर्नेछ।
४. कम्पनी संस्था वा फर्मले औषधिहरु कर्णाली प्रदेश सुर्खेत स्स्थित यस संस्थाको गोदामसम्म ढुवानी गरी उपलब्ध गराउनु पर्नेछ।
५. दर रेट पेश गर्दा मूल्य अभिवृद्धि कर बाहेकको दररेट पेश गर्नु पर्ने छ । साथै कार्यालयको स्वीकृति प्रति ईकाई दर भन्दा कुनै पनि औषधि मूल्यमा दर रेट पेश गर्न पाइने छैन ।
६. दरभाउ सूचीमा नभएका थप औषधि उपलब्ध गराउन पर्ने अवस्थामा कम्पनी/फर्मले ओदा फाउन्डेशनसँगको समझदारीमा औसत बजार भाउभन्दा फरक नपर्ने दरमा उपलब्ध गराउनु पर्नेछ।
७. सिलबन्दी दरभाउ पत्रहरु २०७७/१२ /०९ बिहान १० बजे दरभाउ पत्र दाता वा निजको प्रतिनिधि तथा कार्यालय प्रतिनिधिहरुको रोहवरमा महावै गाउँपालिका वडा नं २, ओद फाउन्डेसन नेपालको कार्यालयमा खोलिने छ ।
८. यस सूचनामा नपरेको अन्यकुराको हकमा सार्वजनिक ऐन २०६३ तथा नियमावली २०६४ अनुसार हुनेछ ।
९. अन्तिम निर्णय यस ओदा फाउन्डेसन नेपाललाई हुनेछ ।
अन्य केही कुरा आवश्यक भएमा ओदा फाउन्डेशन नेपालको सम्पर्क नं. ९७४१३६११११ मा सम्पर्क गर्न सकिने छ ।